साथिहरु म कोहि दिन सोच्ने गर्थे परदेश भन्नि के हो कस्तो होला,के हुन्छ ! त्यहाँ जान पाए साच्चिकै लाइफ बन्छरे के त्यहाँ पैसा फल्नि बोट हुन्छर मेरो सोचाइले मन सधै भारि हुन्थियो । म पनि राम्रो मान्छे बन्थे होला त्यहाँ गयता। गाउँ बाज़ार परिबार को हाइ हाइ बनिन्थ्यो होला,गाउँले दाजु भाइ परदेशबाट आउदाँको छाँटकाँट,, फु गरेपनि ठल्नि जस्ता मान्छे,हेर्दा नचिनिनि भएर कही लेयर आउदाँ,अनि सोच्थे एक पटक मात्रै जान पाए भन्नि सोचाइ लिएर एक सुनौलो सपना बोकि यो जिबनको अनौठो यात्रा गर्न पनि बेर लागेनछ। यो जिबनले पनि कहिले कोल्टो फेरेछ खै थाहै भएन,गरिबि जिबनलाइ उकास्ने सुरमा अचानक परदेशि जिबन जिउँदा पो थाहा पाए। संसार को लिला के हो भन्नि,बास्तबिकताको दुनिया कस्तो रैछ भन्नि । हो सपनाको परदेश र बिपनाको परदेश एकदम भिन्न लाग्यो मलाइ जो मैले सोच्ने गर्थे, अनि राम्रा राम्रा सपना बुन्ने गर्थे उ बेला । बुढा हजुरबुबाआमा हरु भन्नु हुन्थो" कित परेकाले जान्दछन कित पढेकाले"" साच्चैनै यो शब्दले मेरो मनको एक छेउ लिएको छ अनि यस्तै यस्तै कुरा मनभरि खेलाउदै जिबन जिउन बाध्य भैरहेको छु यो टन्टालापुरे घाम को अनि यो मरुभुमिको यो कुरा संजीदा तातो पानी हावामा । बिपनाको परदेशको कुरा गर्नु पर्दा मत यो दुनियालाइ बेग्लै ठान्दछु,यहाँ त बाउ खाँदो रैछ पेट भरि छोरो हेर्छ भोकले बाउले खाँको टुलुटुलु, अनि छोरो खादाँ बाउले हेर्नुपर्ने टुलुटुलु ,कति अजिव जस्तो छ यहाको दुनिया । कोहि कसैको कुरो सुन्ने फुर्सदनै हुदैन।सबै आफ्नो आफ्नो धुनमा,,छोरो मरेको पनि थाहा छैन बाउ आमा बड़ी बिमार भको पनि थाह छैन ,एकसुरे जस्तो जिवन रैछ, मलाइ त कता कता लाग्छ,जस्तो सुकै दु:ख कष्ट भएपनि आफ्नै गाँऊ ठाँउनै ठिक। जे भएपनि आफ्नै गाँउमा माया र ममता प्रशस्त छ जस्तो लाग्छ ।।

No comments:
Post a Comment