छोटो जिन्दगीको लामो
दिप मेरो मायामा के कमि थियो र तिमी यति धेरै टाढा भयौ? किन?
यदि मेरो मायामा कुनै कमि नै थियो भने भन्न सक्थौ नि।जुन समयमा तिमी मेरा नजीक थियौ त्यो दिन त्यो समय मैले संसार भुली दिन्थे।
तिम्रो माया भनेको मलाई संसारको सबैभन्दै ठुलो थियो र आज पनि छ। तर दिप तिमिले मलाई किन धोका दियौं ?कुनै कारण त छ होलानी? धोका दिनुको?
मलाई माया गर्ने भन्ने केबल तिमी नै थियौ। तर आज तिमिनै टाढा भयौ ।अब मेरा बाँच्ने सहारा छैन।कसरी बाँचु ?
अब मलाई जिन्दगी जिउँन मन त छैन तर तिम्रो खुशी हेर्नै को लागी भएपनी बाँच्न विवश छु।
तिमी खुशी हुनु म तिम्रै खुसी मा रमाउने छु।याद गर त, कुनै बेला म तिमी बिना म कति तड्पीन्थे ?तर आज तिमी सजिलै बाँचेका छौ । मलाई भने किन यति धेरै कठिन भएको? थाहा छैन ।
संसार कै खुशी दिन्छु भन्थौ तर आज आँशुको सागरमा डुबाएर गयौ।आखिर यति धोका किन?म बिरामी हुँदा तिमीलाई गाह्रो हुन्थो पहिला-पहिला। तर आज मलाई गाह्रो हुदा तिमी हाँसे कै छौ र मलाई अचम्म लागि रहेको छ।
दिप तिमी सधै हाँसिरहनु म तिम्रै हाँसो मा फिक्का हाँस्ने कोसिस गर्ने छु।
तिम्रो ती आँखा हरुमा कहिलै आँशु बगेको देख्न नपरोस,सुहाउँदैन । त्यसैले भगवान सँग बर्दान माग्छु केबल
तिम्रो लागि। तल किल्क गर्नु >>>>>>>>>
तिमी हाँसेर जुनि बिताउनु
, म त दुई दिनको पाहुना न हुँ नजरमा ।थाहा छैन कुन दिन पराईको हात समाई सात समुन्द्र काट्नु पर्छ। बिन्ती दिप त्यो दिन मलाई सम्झेर एक थोपा पनि खुसीको आँसु नबगाउनु ल?
बिगतमा तिमिले दिएको अजम्बरी माया को जालोले अझसम्म मलाई जिउँने आधार भएको थियो।तर आज त्यो आधार म सँग छैन। तिम्रो त्यो समयको चोखो माया मैले जिबन भरी भुल्न सक्दिन र भुल्ने पनि छौन। सधै मनको मन्दिरमा राखेर सजाउने छु। र सधै पुजारी हुनेछु तिम्रो तस्वीरको।
तिमी सधै खुशी भएर बाँच्नु ,म यहि चहान्छु र सम्झनु काली मै सँग मेरै समिपमा छे भनेर।
दिप तिमीलाई म अन्तिम पटक भन्दैछु ।म तिमिलाई जुनि-जुनि सम्म पनि भुल्न सक्दिन ,जुन दिन तिमिलाई भुल्छु त्यो दिन म संसार बाट बिदा हुनेछु।
तिम्रो जीवन फुलोस, फलोस, मेरो खुशी को लागि भएपनी पनि , तिमी सधै हाँस्ने गर्नु ल ?"my heart dip" यो जुनिमा तिम्रो हुन सफल भइन, तर आर्को जुनि मा तिमी मेरै लागि हुनु ल? अनि सधैं माया गरे बोलाउनु है काली भनेर?
- उहीँ तिम्रो हुन नसकेकी
काली "आकृति"
हेटौंडा
No comments:
Post a Comment