माया गर्छु भनी मुटु घाइते पारी छोडेउ
मुटु दुख्दा नयन बाट आँसु झारी छोडेउ !
मेरै हात समाई सागर तर्न सिक्ने तिमी
तिमी गयौ पारी प्रिय मलाइ वारि छोडेउ !
बैँसचल्यो मात बड्यो महल खोजे पछि
मेरो झुपडी घरको धुरी उधारी छोडेउ !
तिम्रो निसानामा म परे पत्तै पाहिन मैले
आखिर मायाको तिरलेआज मारी छोडेउ !
मेरो जे जे भए पनि खुशी हुनु तिमी सधै !
ए नजाउ भन्दा भन्दै बसाइ सारी छाडेउ !
सुरज गैह्रे बिबश स्य
No comments:
Post a Comment