Pages - Menu

Sunday, December 6, 2015

म परदेशी भए पछि

सुभद्रा राई
जीवन जीउने क्रम अनि सुनौलो भबिस्यको खोजीमा जन्मभुमि छोडेर कर्म भुमि सम्झेर पृथ्वीको भु-भागले छुटाएर कोरिया नामकरण गरिएको ठाउँमा पुगे । आहा,कोरिया सुन्दा नै कति राम्रो ,सुन्दा जति राम्रो लाग्छ प्रकृतिले पनि त्यति  नै राम्रो छ ।अझ भन्नू पर्दा म जस्तै भविष्यको खोजीमा आउने लाखौं पैरखी हातहरुले कति पनि कन्जुस्याइँ नगरी पसिना बगाएर सुन मा सुगन्ध थपिदिएको छ । कति ब्यस्त छ कोरिया ,सङ्ग सङगै म पनि ,यति ब्यस्तताको बाबजुत पनि कहाँ बाट आयो काले यो औशिका जस्ता रात हरु ......

म परदेशी भए पछि घर मुनि बग्ने त्यो कन्चन खोलामा करोडौ क्युसेक लिटर पनि बगी सक्यो होला , सधै मेरो सिरानीमा आएर घुर्ने त्यो परेवा मलाई  नदेख्दा कति रोइसक्यो होला अनि त्यो पारि पिरती बनमा कोइलिले बिरक्तिएर कति भाका फेरी सक्यो होला l अनि म यहाँ तड्पी रहदा तिमी खुसि  नै छौ रे शायद यहि रहेछ तिम्रो असली रुप l
किलिक गर्नु तल्ल

तिमी संग मेरो आफ्नै संसार थियो ,आफ्नै खुशी  थियोे तर यो सब बिथोल्न किन ?कसरी आयो यो  पल ? कुन मन्दिरमा भाकल गरिन तिम्रो लागि अनि के मूल्य चुकाइन तिम्रो लागि ,तिम्रो हर प्रस्तावको हल गरेको थिय ,तिम्रो हर शब्दको अर्थ केलाई दिएकि थिए तर पनि किन ... ?

कालि , तिमीले जानेर चल्यौ या अन्जानमा चल्यौ  पाईलाहरु त्यो तिमीलाई नै थाहा होला, यदि जानेर नै पाइला चालेको थियौ भने तिमीलाई मेरा ममता मयी पाइलाको पाप लाग्नेछ ।श्राप त म दीन्न तर आशिर्वाद पनि धेरै भयो भने श्राप जस्तै हुन्छ रे सुनेको थिए कता कता ... ।

कालि कसैको खुशी देख्न नसक्ने तिम्रो आखा,कसैको सफलता नचाहने तिम्रो मन कसरी तारीफ गरौ तिम्रो  यी गुण हरुको शब्द पाइन आज नाम दिनलाई शब्दकोषमा ,आफ्नै मनको नाम दिउ भने मन पापी छ मान्दैन किनकि तीम्रो आखामा आँसु राखेर म हास्न सक्दिन ।कहिले कहिँ तिमीलाई आफै संग लाज लाग्छ होला होइन ? आफैले गरेको व्यबहार प्रति भन्छौ होला अरुलाई ढाटे पनि अरुको नजरमा राम्रो भए पनि आफ्नो नजर सँग आफैं झुकेको मान्छे भनेर , तर काले त्यस्तो कहिले पनि नसोच ल l किन कि तिम्रो आघात ,असीमित अनि प्रगाढ मायाको मूल्य तिर्न नसकेर आज कलम उठाउन बाध्य भएकी छु ।कति राम्रो तिम्रो मुहार ,कति मिठो वचन अनि न्यानो अङ्गालो कमै भाग्यमानीले मात्र पाउछ तिमी जस्तो ब्याक्ती ।

कालि मायाको कुरामा आकाश र धर्तिलाइ साक्षी राखेर कति खायौं अनि कति खुवायौ भएको जति कसम र किरिया निसासिन्छु सम्झदा । जे होस जस्तो होस फेरि पनि बाटो बिराएर तिम्रो लागि सारा संसार तिमी जाने बाटो अनि धोका बन्द गरिदियो भने प्लिज कालि आउ तिमी बस्ने मनको घर अनि तिमी आउने बाटो ढाल्ने अनि भत्काउने छैन आकाश झरोस या धर्ती फाटोस ।

अन्तमा आफ्नो ख्याल गर स्वास्थ नै सबै भन्दा ठुलो धन हो , पैसाको पछाडी नलाग । भगवान संग प्राथना गर्दै धेरै बर्ष बाच l यदि तिमीले या मैले चाडै धर्ती छोड्यौ भने मेरो बर्बादि हेर्ने तिम्रो इच्छा अनि तीम्रो खुशी हेर्ने चाहाना कहाँ पूरा हुन्छ र  ,,?

1 comment: