Pages - Menu

Tuesday, July 7, 2015

फेसबुक धेरै राम्रा, नराम्रा कुराहरुको प्रसंग आइहाल्छ !

फेसबुक भन्ने वितिकै यस सँग सम्बन्धित धेरै राम्रा, नराम्रा कुराहरुको प्रसंग आइहाल्छ ! विषेशत : यहाँ हुने च्याटका कुरा, यहाँ फैलिएको फोटो र भिडियोको विकृतिका कुराहरु ! अनि हिजो आज हरेक व्यक्तिहरुका भेटघाटहरुमा हुने गफका कुरा भएको छ – फेसबुक ! यति सम्मकी यहाँ हुने विकृतिका कुराहरु फेसबुक देखि बाहिर अन्य वेबहरु, रेडियो, टेलिभिजन, र पत्रपत्रिकामा पनि व्याप्त रहेको छ - त्यो कुराहरुको मैले गरिरहनु पर्दैन ! त्यसको बारेमा म भन्दा बिज्ञ तपाइहरु नै हुनु हुन्छ !
त्यसैले म यहाँ फेसबुकमा बिकृति मात्र छैन यहाँ हुने सबल र राम्रा पक्ष (क्रियाकला) हरु पनि कम छैनन भन्नका खातिर केहि उदाहरण स्वरुप केहि ग्रुपको चिनारी गराउने कोसिस गर्दै छु ! फेसबुकले समय अनुसार प्रयोगकर्ताहरुको मन जित्ने खालको सुविधाहरु दिने एप्लिकेसन र विशेषताहरु राखेकै कारणले गर्दा आज अत्यधिक मात्रामा क्लिक हुने वेबको रुपमा सावित गर्न सफल भएको छ ! त्यहि भएको एउटा राम्रो सुविधा ग्रुप क्रिएशन पनि एक हो ! म आज त्यहि ग्रुप क्रिएशन बाट भएको केहि राम्रा/ प्रसंसा योग्य  ग्रुपहरुको कुरा गर्न गइ रहेको छु -जुन लिंकसम्म मेरो माउसले -क्लिक गर्न भ्याएको छ ! यदि तपाईलाई पनि उक ग्रुप मन परेमा/ राम्रो लागेमा त्यसमा जोइन (सामेल) हुन् सक्नु हुन्छ र आफ्नो धारणा राख्न सक्नु हुने'छ ! अनि यदि तपाईलाइ राम्रो लागेका ग्रुपका लिंकहरु यहाँ मैले उल्लेख गर्न छुटाएको रहेछु भने -कमेन्ट बक्समा त्यसको लिंक छाड्नु होला !

No comments:

Post a Comment