भ्यालेंटाइन बिशेष माया को कथा"
एकादेशमा एउटा राजा रानि थिए । राजा लाइ
कुनै
कुराको कमी थिएन । कमी थियो त केवल संतान
को ,
रानि ले एउटि छोरि (राजकुमारि) जन्माएर
स्वोर्गिय भएकी थिइन । राज परिवार
मा राजा र
राजकुमरि मात्र थिए । एउटै संतान भए
पनि राजा ले अर्को बिहे गरेनन । राजकुमरि लाइ
नै हुर्काएर
अनि राम्रो देश को राजकुमर अथवा कुनै सु-
संपनसाली केटा संग बिहे गरि राजकुमर बनाउने
सपना थियो । राजा निकै कठोर स्वभाब का थिए
। उनले
राजकुमारि लाइ सानै देखि नै दरबार बाट बहिर
निकालेनन ।राजकुमरि को हरेक आवास्यक हरेक
कुरा हरु दरबार भित्र नै पुराइंथ्यो , उन लाइ
पढ्न
को लागी स्कूल खेल्न को लगी बगैचा दरबर भित्र
नै
बनाएक थिए । बाहिर जानु पर्दा वा कुनै काम
पर्दा आफु
संगै अथवा पहरेदार हरु को निगरनि मा पठाउथे ।
राजा लाइ डर थियो कि कतै
राजकुमरि माथि कसैको आखा नलागोस ।
राजा को इच्छा थियो कि राजकुमारि को बिहे
आफ़ुले
चाहेको राजकुमार संग होस........राजकुमारि सानै
देखि नै
सधै आफ्नो बगैचा मा खेल्ने गर्थिन ।
त्यो बगैचा मा एक
जोडी पंछि (चरा) एउटा मालि र धेरै फुल हरु
थिए... तर
बगैचा म सबै फुल हरु सेतो (white) रंग का थिए
।
ति जोडि चरा एक अर्का लाइ अती नै माया गर्थे
। मालि को उमेर पनि राजकुमरि संग
मिल्दो भएको ले
राजकुमरि लाइ खेल्ने साथि भएको थियो.....
त्येसैले नै
प्राय राजकुमरि बगैचा मा नै जांथिन ।
ति जोडि पंछि हरु तिनि हरु
बगैचा मा खेलेको कुदेको निकै मन लगाइ हेर्थे...
किन
कि ति पछि हरु को कुनै संतान थिएन । सधै
त्यो बगैचा मा मालि र राजकुमरि लाइ नै सानै
देखि हासेको खेलेको देखिरहे... अब त
ति जोडि पंछि पनि ति दुइ मालि र
राजकुमारि लाइ बगैचा मा नदेख्दा बगैचा नै
उराठ लाग्न
थालेको थियो । राजकुमारि पनि हुर्कदै गईन ,
मालि पनि जवान
भयो ति जोडि पंछि पनि बुढो भयेका थिए ।
बगैचा मा खेल्ने हास्ने क्रम पनि जारि थियो ,
तर
त्यो बल्यकाल को दोस्ती ले एउटा नया रुप
लिएछ ।
तिनि हरु को दोस्ती प्रेम मा बदलिएछ.... आजकल
उनि हरु बगैचा म बसि माया प्रेम क कुर हरु गर्थे
। संगै
मर्ने संगै बाच्ने कसम हरु खांथे । ति पंछि हरु
उनिहरु का माया प्रेम का कुरा सुनेर आसु बगाइ
बगाइ सुंथे । मन मनै
ति पंछि ले आफ्नै संतान ठांथे .....राजा लाइ
यो कुरा को कुनै खबर नै थिएन । उनी त सोच्थे
कि राजकुमारि आफुले चाहे जस्तो भएकि छिन अब
सबै आफुले चाहे जस्तै हुनेछ । अब राजा ले
राजकुमारि को बिहे को लागि योग्य राजकुमार
खोज्न थाले । यो कुरा ले दुइ
प्रेमि राजकुमरि अनि मालि लाइ
चिंता जगायो । उनि हरु डराउन थाले कतै
हामि हरु
को बिछोड त हुने होइन भनेर... अब त उनि हरु एक
अर्का बिना बाच्न नसक्ने भैसकेक थिए ।.......
अनि दुबै
को सल्लाह ले राजकुमारि ले राजा लाइ
आफ्नो प्रेम
काहनी सुनाइ प्रेम को भिख मगिन... तर
राजा यो कुरा सुनेर रिस ले आगो भए । कठोर
स्वोभाब
का राजा ले प्रेम को अर्थ बुझ्न सकेनन र
अफ़्नो क्रोध
देखाउन थाले, राजा ले मालि को ज्यान लिन
भनि बगैचा तिर लागे , राजकुमरि पनि रुदै
कराउदै
राजा को पछि लागिन ।.....बगैचा पुगेर
राजा मालि को ज्यान लिन तयार भए.... तब
राजकुमरि ले राजा लाइ मालि लाइ
केहि गरेमा अफ्नो ज्यान पनि गुमाउने
धम्कि दिइन ।
यो सुनेर राजा ले मालि लाइ केहि गर्न सकेनन
आखिर
राजकुमरि एक्ली संतान थिइन...... अनि मालि ले
राजा लाइ भन्यो... राजा हजुर म राजकुमरि लाइ
असाध्धै
माया गर्छु, आफै लाइ भंदा धेरै माय गर्छु.. म
राजकुमारि को लागि जे पनि गर्न सक्छु
राजकुमारि पनि म संग प्रेम गर्छिन
हाम्रो बिछोड
नगराउनु दुइ प्रेमि को मिलन गराइदिनु..
हामि लाइ
बिछोड गराएर कठोर सजाय नदिनु ......
अनि राजा ले
भने त जस्तो तुच्छ गरीब ले राजकुमारि लाइ प्रेम
को नाम
मा फसाएर दरबार को सपना देख्ने , अझै त प्रेम
का कुर गर्छस , क्रोधित भयेक राजा रिसाउदै
भने ...यदी तेरो प्रेम साचो छ र प्रेम
मा बिस्वास छ भने त
यही बगैचा को माली यो बगैचा मा भोलि बिहान
सम्म
सेतो फुल रातो भयो भने अनि बल्ल तेरो प्रेम
साचो हुनेछ
। माली ले अफ्नो प्रेम गुमायेको अनुभब गर्न
थाल्यो पर्क्रिती को नियम लाइ कस्ले बदल्न
सक्थ्यो र...??? राजा ले त मालि लाइ हराउनु
थियो तेसैले
असंभब कुरा को चुनौती दियेको थियो....
बगैचा मा बस्ने
ति जोडी पंछि यो सबै कुर हरु सुनिरहेका थिए ।
ति जोडी पंछि पनि यो कुर मा बिलौना गरि आसु
झरिरहेक थिए । उता राजकुमरि दरबार मा आफ्नै
कोठा मा कैद भई रोइरहेकी थिईन......बिचरा
माली साचो प्रेम मै हार्दै थियो । उ के नै गर्न
सक्थ्यो र
रातै भरि रुदै रुदै बिरह क गीत गाइरह्यो ,
तेहि बगैचा मा नै रात भरि गीत गाउदै
रह्यो........ बिहान
भएछ माली को अनुहार मा परेको सुर्य को किरन
ले
माली को निद खुल्यो... बगैचा एकदम सुनसान
थियो ।
मन मनै भन्यो आज त ति पंछि हरु पनि कराएक
छैनन भंदै ती पंछि बस्ने बोट म गई
हेर्यो ति जोडि पंछि तेहा थियेनन
अनि तेहि बोट
लाइ नै भन्यो तिमि हरु पनि छोडेर गएउ अब
तिमि हरु लाइ पनि मन परेन है बगैचा भंदै
फ़र्कियो....
उ अचानक ठप्प
भयो एता उता हेर्यो अनि फेरि आफै लाइ
सपना म भयेको ठान्यो ...किन कि बगैचा का सबै
फुल हरु रातो भयेका थिए... उ अचम्म भयो तर
त्यो सपना थिएन
। .... यतिकै मा राजा पनि बगैचा मा आइ पुगे ।
राजा ढुक्क
थिये कि माली ले यो चुनौती कदापी पुरा गर्न
सक्दैन
भनेर....जब राजा बगैचा म पसे
राजा पनी नराम्रो संग
झस्किए सबै फुल रतो देखेर..माली पनि अचम्मित
परेको थियो आखिर कसरि भयो येस्तो के यो प्रेम
को नै सक्ति हो त !!! एस्तै कुरा सोच्दै
बगैचा मा अगडि अगाडि बढ्दै गए... जब उनि हरु
बगैचा को आखिर मा पुगे
तेहा ति जोडि पंछि मीर्त
(मरिसकेको) अवस्था मा थिए...उनि हरु को शरिर
काडा ले कोपेर छिया छिया भयेको थियो.. बुझ्दै
जादा ........... ति जोडि पंछि ले राजकुमारि र
मालि को साचो प्रेम को लगि बलिदान
दियेका रहेछन , रातै भरि फ़ुल
को काडा मा आफुलाइ
रोप्दै सेता फुल हरु अफ्नो रगत ले रातो पार्दै
गरेछन र
आफ्नो सास रहुंजेल सबै फुल रातो बनाइ सकेछन.. र
अंतिम
मा दुबै पंछि ले ज्यान
गुमाएछन.... ..... .....येस्तो कठोर
बलिदान देखेर राजा पनी उनिहरु को प्रेम लाइ
स्वीकरेछन . र आखिर मा राजा ले नै माली र
राजकुमारी को बिबाह गरिदिएछन......
(झुटो प्रेम
कहिल्यै नगर्नु साचो प्रेम मा कहिल्यै नडराउनु ,
साचो प्रेम को सधै जीत हुंछ)
No comments:
Post a Comment