जमनाको कुरा : कथा भित्र को लुकेको अर्को कथा- (भाग-१)
आज को जमनाको कुरा भित्र हामीले कथा भित्र लुकेको अर्को कथा हरु को फरक तथ्यहरु को बारे मा सुन्ने छौ।
जमनाको कुरा हरु हामीलाई कथा जस्तै लाग्छ। ति कथा नभएर समायका साँचो छापहरु
पनि थिए। हामीले आज यस्तै कथा पछाडी का कथा हरु लाई समेटेका छौ।
बार्ने बार को चलन
बार्ने बार चलन हाम्रो समाज मा एक दमै पुरानो चलन हो। पछिल्ला समाय मा
आएर हप्ता को १ दिन सरकारी अफिस हरुमा छुट्टि हुन्छ यो पनि बार्ने बार चलन
कै परिमार्जित रुप हो। बार्ने बार ठाउँ बिशेष फरक फरक दिन हुने गर्दथे।
कसैले आईतबार लाई बार्नेबार मान्दथे भने कसैले सोमबार, मँगल बारलाई बार्ने
बार मान्दथे। यि सबै समाज का मान्यताहरुमा आधारित थिए। कसै कसैले आफु जन्मे
को बार को आधार मा बार्ने बार तय गर्दथे। आफु जन्मेको बार को ३ दिन पछि
लाई धातक बार मानेर बार्ने बार बार्ने चलन बढि नै प्रचलन मा थियो। यसै को
निरन्तरता कै रुपमा कुनै बजार सनिबार बन्द हुन्छ भने कुनै ठाउँ को बजार
आईतबार यसरी फरक फरक दिन मा बजार हरु बन्द हुनु यो पनि बार्ने बार परम्परा
कै अबशेष हो।
बार्ने बार के हो ?
बार्ने बार जमनाको पुरानो चलन हो। जुन दिन बाहिर गएका समान हरु भित्र ल्याईदैनथे र भित्र का समान हरु बाहिर लगिदैनथे। जस्तै अईचो अईचो नदिने र नलिने गर्दथे भने। घर बाहिर बसेका सदस्यहरु सो दिन परिवार भित्र जोडिदैन थिए। अर्थात कतै गएको छ भने बार्ने बार र धातक बार को दिन घरमा फर्किदैनथे।
No comments:
Post a Comment