माया के हो प्रेम गर्ने लाई थाहा हुन्छ ।।
पिडा के हो यहाँ पर्ने लाई थाहा हुन्छ ।।
प्रेम गर्न नआउनेले किन माया गर्नु ।।
आशु के हो आशु झर्ने लाई थाहा हुन्छ ।।
पाउनु मात्र होइन घुमाउनु नी हो प्रेम ।।
जुन के हो जुन हेर्ने लाई थाहा हुन्छ ।।
कसैको तारिफ गर्दैमा हुदैन प्रेम ।।
फुल के हो बास्ना भर्ने लाई थाहा हुन्छ ।।
देखावटी माया लगाउदैमा पाईदैन ।।
मृत्यु के हो सास फेर्ने लाई थाहा हुन्छ ।।
Admin - TufaN
No comments:
Post a Comment