रैछ यो जिन्दगी फुल सरी, झर्नु पर्ने के येस्तो
नचाहँदा नचाहँदै अकालमै, मर्नु पर्ने के येस्तो !!
चाहना त धेरै थिए अधुरा नै भएपछि
बाँचेर पनि के गर्नु भारी बैंश भर्नु पर्ने के येस्तो!!
दु:खी जिवन झेल्नु झेलियो प्रवासमा के येस्तो
सकि नसकि भए पनि काम गर्नु पर्ने के येस्तो!!
स्वदेश जस्तो हुन्न साथी पराई देशमा
रामराम भन्दै फुल र अक्षिता छर्नु पर्ने के येस्तो!!
आफ्नो भन्ने कोही हुन्न दु:ख पर्दा यहाँ
सब्को नजरमा घृणित भै जिउन पर्नु पर्ने के येस्तो!!
No comments:
Post a Comment