Pages - Menu

Wednesday, December 30, 2015

तिमी जस्तो म भाग्यमानी भएन


पराइलाइ  आफ्नो  ठानी भएन
तिमी जस्तो म भाग्यमानी भएन

टाढा हुन्थे म पहिल्यै नै तिमिबाट
धोखेबाज भन्ने जानकारी भएन

रुप जस्तै राम्रो थियो होला तिमी
तर  रुप  हेरि  आन्दाजी भएन

समाजमा सहे बदनाम मैले सधै
तिम्रो   कहिले   बदनामी  भएन

हासी खुसी जिउने मन थियो के गर्नु
जिन्दगी  सधै हासी  हासी भएन


ओखलढुंगा हाल: कुवेत
पढेर आफ्नो साथीहरु लाई पनि बाँड्नुहोला »» किलिक गर्नु होला


No comments:

Post a Comment