Pages - Menu

Tuesday, June 21, 2016

मन यसै भक्कानियो, तिम्रो कल्पनामा

तिम्रो सम्झनामा मेरो आँसु पिउँदा-पिउँदै पिउन नसक्ने भएछु
जिउँदा-जिउँदै तिम्रो नाममा जिन्दगी,  जिउन नसक्ने भएछु    

स्वर अनायासै लर्बरायो, तिम्रो प्रेमको बखान गर्दा-गर्दै
 मदहोशीमा तिम्रो तस्वीर हेरेर बोल्नै नसक्ने भएछु

मन यसै भक्कानियो, तिम्रो कल्पनामा खेल्दा-खेल्दै
 आँखा पुछेर हरेक पल्ट, दिलको ढोका खोल्नै नसक्ने भएछु
बन्द भए भट्टीपसल, साथीहरुले छोडी गएछन्
बाटो तिर्मिर्याएर पाईलामा, गन्तव्यमा  पुग्नै नसक्ने भएछु

रात निस्पट अध्यारो भएपछि, शहर मस्त निदाएछ
 हिँड्दै गरेको गल्लीमा बर्बराउँदै, सुतनै नसक्ने भएछु

त्यहि रातमा भेट्नेहरुले मरेको ठानेर, तर्सदै हिंडेपछि
भूत लखेट्ने कुकुरबाट,  टोक्नै नसक्ने भएछु

भोलिको पहिलो झिसमिसेमा, कक्रिएर ब्युँझेपछि
लाज शरमको पोको लुकाई,  भाग्नै नसक्ने भएछु

कसले बुझ्छ मेरो कथा, थर  ठेगाना भएपछि
त्यै भट्टीमा भोलिबाट,  एक्लै मात्र नबिक्ने भएछु

बिहानी भो, दिन आयो, दिन गयो फेरी रात आएछ
त्यही रातमा फेरी  तिमीबिना बाँच्नै नसक्ने भएछु

1 comment: