Pages - Menu

Tuesday, June 21, 2016

मन यसै भक्कानियो, तिम्रो कल्पनामा

तिम्रो सम्झनामा मेरो आँसु पिउँदा-पिउँदै पिउन नसक्ने भएछु
जिउँदा-जिउँदै तिम्रो नाममा जिन्दगी,  जिउन नसक्ने भएछु    

स्वर अनायासै लर्बरायो, तिम्रो प्रेमको बखान गर्दा-गर्दै
 मदहोशीमा तिम्रो तस्वीर हेरेर बोल्नै नसक्ने भएछु

मन यसै भक्कानियो, तिम्रो कल्पनामा खेल्दा-खेल्दै
 आँखा पुछेर हरेक पल्ट, दिलको ढोका खोल्नै नसक्ने भएछु

आफैमा बैगुन किन देख्दै छु म

किन किन आज भोलि आफैमा बैगुन किन देख्दै छु म 
किन  तिम्लाई  छोडी अरुकै  लागी गजल लेख्दै छु म 

किन कि भुल्न सक्दिन थाहा छ ! तिम्रो माया जीवनभरी 
बल गरेर तिम्रो सम्झनाको बाटो छेक्दै छु ! म आज 

जे हुनु भो बाकी जीवन खुसि संगै कटाउ भनि किन 
जानी जानी भड्खालो मा  पाइला टेक्दै छु ! 
किन किन आज भोलि आफैमा बैगुन देख्दै छु ! म 

Monday, January 4, 2016

वैज्ञानिकहरु सफल परीक्षण गर्दै, अब पृथ्वीमा कहिल्यै अँध्यारो नहुने !

एजेन्सी– विज्ञानको विकासले पृथ्वीको मानव सभ्यताभित्र ठूलो उचाई प्राप्त गरेको छ । विज्ञानको प्रयोगलाई मानवजातिले जसरी प्रयोग गर्दै आयो त्यसको परिणाम स्वरुप मानव जातिको महत्वाकांक्षा र सुविधा पनि बढ्दै गएको छ । सोही प्रसंगमा मानव जातिले पछिल्लो समयमा विकास गरेको एउटा उपलव्धीले सिंगो पृथ्वीलाई प्रभावित पार्ने भएको छ । जर्मनीका वैज्ञानिकहरुले एउटा साँच्चै अनौठो उपलव्धी हाँसिल गरेका छन् । त्यो हो कृत्रिम सुर्यको निर्माण ।
जब उनीहरुले कृत्रिम सुर्यको निर्माण सम्भव तुल्याएका छन, अब पृथ्वीमा मानिसले त्यसलाई मन लागेको बेला प्रयोग गर्नेछन् । सायद, पृथ्वीमा मानव जातिको व्यस्तता बढ्दै जाने हो भने यो उपलव्धीले अब कुनै समयलाई रातको रुपमा ग्रहण गर्ने छैन । पृथ्वी जहिल्यै दिन भएर झलमल्ल भैरहने सम्भावना अगाडि आएको छ । वास्तवमा जर्मनीका वैज्ञानिकहरु अहिले सुर्यमा हुनेजस्तै रासायनिक प्रतिक्रियाबाट उर्जा उत्पादनको प्रयास र खोजमा जुटेको बताइएको छ ।

जर्मनीको परमाणु शोध संयन्त्र भेन्डेलस्टाइन सेभेन एक्समा शोधकर्ताहरु १० करोड डिग्री सेल्सियसको तापमानमा नियन्त्रित परमाणु विस्फोट गर्दैछन्, जुन अहिलेसम्म सम्भव थिएन । यसका लागि वैज्ञानिकहरुले पहिले प्लाज्मा नामक पदार्थको सिर्जना गर्नेछन् । एक कन्ट्रोल सेन्टरको निगरानीमा १० मिलिग्राम हिलियम एक भ्याकुम च्याम्बरको चुम्बकीय क्षेत्रमापठाएर त्यसको सफल खोज र कार्यानवयनमा वैज्ञानिकहरुको समुह जुटेको छ । । त्यसलाई १० लाख डिग्री सेल्सियस सम्म तताइन्छ । अहिले सुरु भएको यो खोज अभियानमार्फत प्राप्त परमाणु शोध संयन्त्र कार्वन मुक्त विद्युत उत्पादनका लागि परीक्षणको सुरुवात भएको संयन्त्रको नेतृत्वले बताएको छ । अहिले पहलिो प्लान्ट हिलियमका प्रयोग गरेर बनाइएको छ ।

जनवरीमा पहिलो हाइड्रोजन प्लाज्मा बनाइनेछ । यो परीक्षणमा शोधकर्ताहरु सूर्यमा हुनेजस्तै प्रक्रियाको माध्यमबाट आकाशीय स्थितिमा रहेर शोध गर्नेछन् ता की त्यसको प्रयोग पृथ्वीमा उर्जा पैदा गर्नका लागि समेत गर्न सकियोस् । परीक्षण सफल भयो भने विद्युत गृहमा परमाणु विच्छेदनबाट विजुली उत्पादन गरिनेछ । भेन्डेलस्टाइन सेभेन एक्स परीक्षण संयन्त्र विश्वको सबैभन्दा ठूलो परमाणु फ्युजन परीक्षण संयन्त्रमध्ये एक हो । यो हिलियम प्लाज्मा बनाउन मुख्य परीक्षणको पूर्वाभ्यास भएको बताइएको छ । यसका लागि भ्याकुम च्याम्बरमा माइक्रोवेभबाट हिलियमलाई तताइन्छ । यसबाट ग्यासको आयोनिकरण हुन्छ र त्यसले प्लाज्माको रुप लिन्छ ।


त्यसबाट प्रचूर उर्जा निकाल्न सकिने वैज्ञानिकको दाबी छ । सन् २०१७ मा यो संस्थाले प्लाज्मा बनाउनका लागि डाएरटेरियमको प्रयाग सुरु गर्ने बताएको छ । यसको सफललतापछि सायद मानवजातिले एउटा ठूलो उपलव्धी हाँसिल गरेको प्रमाणित हुनेछ र उर्जाको संटक समेत पृथ्वीको समस्याका रुपमा नरहन सक्छ । यो मानवजातिका लागि ठूलो उ पलव्धी हुनसक्ने समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताउँदै आएका छन् । kathmandutoday बाट

Wednesday, December 30, 2015

तिमी जस्तो म भाग्यमानी भएन


पराइलाइ  आफ्नो  ठानी भएन
तिमी जस्तो म भाग्यमानी भएन

टाढा हुन्थे म पहिल्यै नै तिमिबाट
धोखेबाज भन्ने जानकारी भएन

रुप जस्तै राम्रो थियो होला तिमी
तर  रुप  हेरि  आन्दाजी भएन

समाजमा सहे बदनाम मैले सधै
तिम्रो   कहिले   बदनामी  भएन

हासी खुसी जिउने मन थियो के गर्नु
जिन्दगी  सधै हासी  हासी भएन


ओखलढुंगा हाल: कुवेत
पढेर आफ्नो साथीहरु लाई पनि बाँड्नुहोला »» किलिक गर्नु होला


Wednesday, December 23, 2015

फेसबुकमा झूटो हल्लाको शिकार बन्दै प्रयोगकर्ता, जुकरबर्कले दिँदैछैनन् लाखौं डलर

ठमाडौं, ७ पुस । फेसबुकमा गरिएको एउटा भ्रमपूर्ण पोस्टका कारण हजारौं फेसबुक प्रयोगकर्ताहरु यतिबेला भ्रमपूर्ण सन्देशको शिकार भइरहेका छन् ।

फेसबुकका जन्मदाता मार्क जुकरवर्गले फेसबुक प्रयोगकर्तालाई लाखौं डलर बाँड्दैछन् भन्ने झूटो सन्देशका कारण फेसबुकमा एउटा पोस्ट भाइरल बनिरहेको छ । एउटा बनिबनाउ सन्देश फेसबुकमा पोस्ट गरे ४.५ मिलियन डलर पाइन्छ भन्ने झूटो हल्लाको शिकार तपाई पनि बनिरहनुभएको छ भने यो फगत हल्ला मात्रै हो ।
यो हल्लामा यसअघि जुकरवर्ग दम्पत्तिले फेसबुकको ९९ प्रतिशत शेयर अथवा पुरा हेर्नु किलिक गर्नु }}}}}

Tuesday, December 22, 2015

हिमाल पहाड र तराई सबै युगौयुग हाँस्नु पर्छ

आन्दोलन गर्न छोड मधेसी हामी जनता बाँच्नु पर्छ
कालो बजार बढ्दै छ देशमा महंगी त्यो नाँस्नु पर्छ
जो मरे पनि नेपाली हुन् लड्न छोडी शोच यस्तो
हिमाल पहाड र तराई सबै युगौयुग हाँस्नु पर्छ
एकले थुके सुकी जान्छ सयले थुके नदी भन्छन
विकासका ति मूल फुटाउन भाइचारा गाँस्नु पर्छ
रिस राग कलंक त्यागेर सहमतिको निकास खोजे
शान्ति छाउँछ देशमा पैला बाधक तत्व माँस्नु पर्छ
धेरै सरकार फेरीई सके काँचुली त्यो फेरिएन
कुन नेता छन् सहि गलत अब हाम्ले जाँच्नु पर्छ

कल्पना  पौडेल ; जिज्ञासु '  गैडाकोट ४ नवलपरासी हाल = इजरायल

Monday, December 21, 2015

मुनामदन किन यति लोकप्रिय

हाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन पहिलोपटक मैले आजभन्दा ५२ वर्षअघि अर्थात् २०१६ सालमा एसएलसी जाँच दिन तयारी गर्नेताका पढेको हुँ। त्यतिखेर पनि मैले मुनामदनभन्दा पहिले नै देवकोटाका 'यात्री' र 'मार्ग' नामक दुई कविता पढिसकेको थिएँ। त्यतिबेला देवकोटाका यी दुई कविता एसएलसीको पाठ्यक्रममा समाविष्ट थिए। खासमा यी दुई कविता पढेपछि नै म महाकवि देवकोटाप्रति आकषिर्त भएको हुँ। त्यसरी नै जसरी एसएलसी पाठ्यक्रमकै कविता 'कालमहिमा' पढेपछि कविशिरोमणि लेखनाथ पौड्यालप्रति आकषिर्त हुन पुगेको थिएँ। यसरी मलाई महाकवि देवकोटाप्रति प्रथमपटक आकषिर्त तुल्याउने र उनको मुनामदन खोजेर पढ्न लगाउने काम कविका उक्त 'यात्री' र 'मार्ग' कविताले नै गरेका थिए।


देवकोटाका यी दुई कवितामध्ये 'यात्री' यथार्थमा मुनामदनजस्तै कविको एउटा उत्कृष्ट र कालजयी कृति हो । तर, 'यात्री' एउटा फुटकर कविताका रूपमा उत्कृष्ट र कालजयी भयो भने मुनामदनचाहिँ खण्डकाव्यका रूपमा।

मुनामदन - लक्ष्मीप्रसाद देबकोटा

हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा,
यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा ।
अरु ता मैले के गर्न सक्थेँ ! अपढ(अज्ञानी,
आँसुले भिजेको यो फूल गाँसेँ नजानी नजानी ।
घाम र छाया(बीचमा फुल्यो मनको फूलबारी,
सपनाभित्र फुलेको ल्याएँ बिपना ओसारी ।
यिनको वास बिर्साइदिन्छ वरको परको,
आँसु र हाँसो मिसाइदिन्छ सबका घरको ।,
जो मैले गुँथेँ पहिर भाइ ! पहिर बहिनी !,
प्रेमका गलामा नवैलिजाओस् भक्त हुँ म पनि ।,
नेपाली माटो स्वर्गको किरण भरेर झन्क्यो मूल,,
नेपाली वास्ना भएर निस्के अत्तर देशी फूल,,
एकान्त वनमा फूलपरी रङ्गमा पस्सिए फुर्फुरी,,
एक लहर टिपी चढाएँ, नाचून् छातीमा हरघरी ।,
नदेख्ने वन कविको मन रङ्गले छर्किन्छ,,
जीवनको छायादेशमा एउटा फूलबारी हुर्कन्छ,,
आँसुको जाल डालीमा हाली विन्दुले रसाए,,
कल्पने माली, अम्लान कुसुम,,
एक डाली गुँथी, गलामा फाली,,
जोड्दछु हात हे भाइ(बहिनी ! बास्नामा रसाए,,
दिलमा खुशाए,
स्वप्नाका धन नबाँडीकन हुँदैन खुशी मन,
आनन्द मेरो लखगुना होला सकारे समर्पण !,
सज्जनवर्गका प्रति यहाँ किलिक गर्नु ल """""

Sunday, December 20, 2015

माया गर्छु भनी मुटु घाइते पारी छोडेउ 

माया गर्छु भनी मुटु घाइते पारी छोडेउ
मुटु दुख्दा नयन बाट आँसु झारी छोडेउ !


मेरै हात समाई सागर तर्न सिक्ने तिमी
तिमी गयौ पारी प्रिय मलाइ वारि छोडेउ !

सम्झना केबल तिम्रो लागि,

छोटो जिन्दगीको लामो

             दिप मेरो मायामा के कमि थियो र तिमी यति धेरै टाढा भयौ? किन?
यदि मेरो मायामा कुनै कमि नै थियो भने भन्न सक्थौ नि।जुन समयमा तिमी मेरा नजीक थियौ त्यो दिन त्यो समय मैले संसार भुली दिन्थे।
तिम्रो माया भनेको मलाई संसारको सबैभन्दै ठुलो थियो र आज पनि छ। तर दिप तिमिले मलाई किन धोका दियौं ?कुनै कारण त छ होलानी? धोका दिनुको?

                मलाई माया गर्ने भन्ने केबल तिमी नै थियौ। तर आज तिमिनै टाढा भयौ ।अब मेरा बाँच्ने सहारा छैन।कसरी बाँचु ?
अब मलाई जिन्दगी जिउँन मन त छैन तर तिम्रो खुशी हेर्नै को लागी भएपनी बाँच्न विवश छु।
तिमी खुशी हुनु म तिम्रै खुसी मा रमाउने छु।याद गर त, कुनै बेला म तिमी बिना म कति तड्पीन्थे ?तर आज तिमी सजिलै बाँचेका छौ । मलाई भने किन यति धेरै कठिन भएको? थाहा छैन ।

               संसार कै खुशी दिन्छु भन्थौ तर आज आँशुको सागरमा डुबाएर गयौ।आखिर यति धोका किन?म बिरामी हुँदा तिमीलाई गाह्रो हुन्थो पहिला-पहिला। तर आज मलाई गाह्रो हुदा तिमी हाँसे कै छौ र मलाई अचम्म लागि रहेको छ।
                दिप तिमी सधै हाँसिरहनु म तिम्रै हाँसो मा फिक्का हाँस्ने कोसिस गर्ने छु।
तिम्रो ती आँखा हरुमा कहिलै आँशु बगेको देख्न नपरोस,सुहाउँदैन । त्यसैले भगवान सँग बर्दान माग्छु केबल
तिम्रो लागि। तल किल्क गर्नु >>>>>>>>>